www.tandavnews.com
Fact ~ In search of truth

नवलपरासीबाट विप्लवका दुई सदस्य पक्राउ

नवलपरासी ।

 

जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वले नेत्रविक्रम चन्द विप्लव समूहका दुई जनालाई पक्राउ गरेको छ । उनीहरुलाई बिहीबार राति पक्राउ गरिएको हो ।

नवलपरासीपूर्व नवलपुरको मध्यविन्दु नगरपालिका–१० मजुवाखोलाबाट प्रहरीले विप्लव समूहका जिल्ला सदस्य ३५ वर्षीय गणेश विक र २६ वर्षीय गोविन्द विकलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वमा राखी थप अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए । रासस

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.