www.tandavnews.com
Fact ~ In search of truth

दशैंमा दशा : हाइ स्पीड, ड्रिंक एण्ड ड्राइभका कारण कास्कीमा ६ जनाको मृत्यु

सुशान्त गाहा मगर
पोखरा,ताण्डव न्यूज ।

दशैं अवधीभर कास्कीमा जटिल प्रकारका ९ वटा सवारी दुर्घटना भएका छन् । ति मध्ये ५ दुर्घटनामा ६ जनाको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

कहाँ, कहिले भयो दुर्घटना ?

Batas

दुर्घटना नं.१

असोज १५ गते पोखरा महानगरपालिका वडा नं ७ रत्नचोकमा मोटरसाईकल दुर्घटना हुँदा पोखरा महानगरपालिका ८ का २२ बर्षिय फिन्जु लामा शेर्पाको मुत्यु भएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका अनुसार उक्त दुर्घटना तीब्र गतिका कारण भएको थियो ।

दुर्घटना नं.२

असोज १७ गते पोखरा महानगरपालिका वडा नं ६ डिहिकोपाटनमा मोटरसाईकल दुर्घटना हुँदा पोखरा महानगरपालिका ९ का २० बर्षिय आशिष गुरुङको मुत्यु भएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका अनुसार चालकले मादक पदार्थ सेवन गरी चलाएको खुल्न आएको छ ।

दुर्घटना नं.३

असोज १८ गते पोखरा महानगरपालिका वडा नं २६ सुन्दरीबजारमा स्कुटरलाई जीपले ठक्कर दिदा स्कुटरमा सवार पोखरा महानगरपालिका २७ का २५ बर्षिय हिमाल गुरुङ र सोही स्थानकै २३ बर्षिय रक्ष गुरुङको मुत्यु भएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका अनुसार दाजुभाई रहेका गुरुङ द्धयको घटनास्थलमै मृत्यु भएको थियो ।

दुर्घटना नं.४

असोज २० गते पोखरा महानगरपालिका वडा नं १४ खशिबजारचोकमा मोटरसाईकललाई जीपले ठक्कर दिदा पोखरा महानगरपालिका २६ का १९ बर्षिय सन्दिप लामिछानेको मुत्यु भएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका अनुसार ठक्कर दिएको जीपको चालकले मादक पदार्थ सेवन गरी सवारी चलाएका थिए ।

दुर्घटना नं. ५

असोज २४ गते पोखरा महानगरपालिका वडा नं २५ हेम्जामा मोटरसाईकल दुर्घटना हुँदा माछापुच्छ«े गाउँपालिका घर भई हाल पोखरा महानगरपालिका १५ नयाँगाउँ बस्ने २८ बर्षिय राम बिश्वकर्माको मृत्यु भएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका अनुसार चालकले मादक पदार्थ सेवन गरी मोटरसाईकल चलाएको खुल्न आएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरिक्षक मुरारी मिश्रले ९ वटा जटिल दुर्घटना भएको बताउदै अन्य ४ सवारी दुर्घटनामा मानवीय क्षति नभएको बताए । उनले बिशेषगरी (दुई पाङ्ग्रे) प्राईभेट सवारी साधन प्रहरीको निगरानी बाहिर रहेकाले पर्वको समयमा दुर्घटना भएको बताए । ‘ति दुर्घटना मापसे कै कारण भएको देखिन्छ, उनले भने, ‘मापसे ले दुर्घटना मात्र होईन ज्यान पनि लिएको छ त्यसैले मापसे गरिसकेपछि स्टेरिङमा हात नलाउनुस ।’

निरिक्षक मिश्रले (चार पाङग्रे) यात्रुबहाक साधनलाई पूर्ण रुपमा प्रहरीको निगरानीमा रहेकोले आपराधिक घटना र दुर्घटनामा न्यूनीकरण भएको उल्लेख गरे ।

कति संकलन भयो राजस्व ?

सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरी कार्यालय कास्कीले बिभिन्न कार्यक्रम गर्दै आएको छ । बिशेषगरी हिन्दु नेपालीको पर्व बिजयादशमी तथा दिपावलीलाई लक्षित गर्दै दुर्घटना न्यूनिकरण र अपराध नियन्त्रणका लागि प्रहरी सँग १ मिनेट जस्ता कार्यक्रम अघि सारेको थियो ।

कास्की ट्राफिक प्रहरीले समुदायमैत्री र यात्रुलाई गन्तब्य सम्म सुरक्षित पुर्याउनका लागि सार्बजनिक सवारी साधनसँग प्रत्यक्ष निगरानीमा रहेको निरिक्षक मिश्रको भनाई छ । उनका अनुसार असोज महिनामा यात्रुमैत्री बन्नका लागि राजस्वमा भन्दा सवारी दुर्घटना न्यूनीकरणमा योजनाबद्ध काम गरिरहेको बताए । उनका अनुसार अरु महिनाको तुलनामा असोजमा कम राजस्व संकलन भएको छ ।

उनले असोजमा मापसे, ट्राफिक नियमको उल्लङ्घन गरेको, मनोमानी भाडा असुली गरे बापत ३६ लाख २० हजार ५ सय राजस्व संकलन भएको जानकारी दिए । उनले भने, ‘बिस्तारै फेरी राजस्व संकलनमा बृद्धि हुन्छ ।’

कुन साधन, कति संख्यामा कारवाहीमा परे ?

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.