www.tandavnews.com
Fact ~ In search of truth

उपनिर्वाचन बिथोल्न विप्लवको गोप्य बैठक

दाङ ।

सरकारद्धारा प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव समुहले उपनिर्वाचन बिथोल्न योजना बनाएको सुचना बाहिरीएको छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले खाली भएका ठाउँमा आगामी मंसिरमा हुन लागेको प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचन बिथोल्ने योजना बनाउन गोप्य बैठक राखेको खुलेको हो ।बिहीबार बिहान राति घेरा हालेर नेत्रविक्रम चन्दका दाजुसहित २१ जना नेता–कार्यकर्ता पक्राउ परेपछि विप्लव समूहको यस्तो योजना रहेको खुल्न आएको प्रहरीले जनाएको छ ।

आगामी मंसिर १४ गते दाङको निर्वाचन क्षेत्र नं। ३ ९२० मा प्रदेश सभा र घोराही उपमहानगरपालिका वडा नं। १६ मा वडा अध्यक्ष पदमा उपनिर्वाचन हुँदैछ। यसैगरी देशैभर खाली भएका ठाँउमा निर्वाचन हुँदैछ।

विप्लवका दाइ चन्द्रबहादुरसहितका व्यक्ति पक्राउ परेपछि दाङलगायत देशभर हुन गइरहेको उपनिर्वाचन विफल तुल्याउने रणनीति विफल भएको स्थानीय प्रशासनले जनाएको छ।प्रहरीले नेताहरू पक्राउ परेपछि निकै महत्वपूर्ण सूचना भेटिएको र दस्ताबेज बरामद भएको दाबी गरेका छन्।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.