www.tandavnews.com
Fact ~ In search of truth

बालगृहमा बालबालिकाको मनोपरामर्शसहित हेरचाहमा जोड

काठमाडौं ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराले बालसुधार गृहका बालबालिकाको मनोपरामर्शसहित राम्रो हेरचाह गर्नुपर्ने बताएका छन् ।

केन्द्रीय बाल न्याय समितिले आज काठमाडौं आयोजना गरेको ‘बाल संरक्षणसम्बन्धी कार्यशाला’ को आज यहाँ उद्घाटन समारोहमा उनले बालसुधार गृह बालमैत्री हुनुपर्ने र बालबालिकाको उचित संरक्षण गर्नुपर्नेमा जोड दिए ।

प्रधानन्यायाधीश राणाले भने, ‘सर्वोच्च अदालतले बालसुधार गृहका सम्बन्धमा दिएका निर्देशनात्मक आदेशको प्रभावकारी कार्यान्वयन गर्न जरुरी छ ।’ महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले बालसुधार गृहमा सोचेअनुरुप सेवासुविधा दिन नसकेको स्वीकार गरे ।

उनले ऐन-कानूनको अभावमा पनि सुधारगृहका बालबालिकाको उचित संरक्षण गर्न नसकिएको र हालसम्म पाँच वटा सुधारगृहमा ८०० बालबालिका रहेको जानकारी दिँदै तनहुँमा ठूलो बालसुधार गृह निर्माण गर्न लागेको बताए ।

सुधारगृहमा खासगरी अभिभावकविहीन बालबालिका, सडक बालबालिका, विपन्न, आपराधिक कार्यमा संलग्न बालबालिका सुधार गृहमा राखिन्छन् । महान्यायाधीवक्ता अग्निप्रसाद खरेलले बालसुधार गृहमा बाल मनोपरामर्शसहितको व्यवस्था गरी उचित हेरचाह गर्नुपर्ने खाँचो औँल्याए ।

उनले राष्ट्रका लागि उपयुक्त सन्तान बनाउनका लागि सबैले प्रयास गर्नुपर्नेमा जोड दिँदै ती बालबालिकालाई अपराधविरुद्धको चेतना बढाउनसमेत जरुरी भएको सुनाए ।समितिका अध्यक्ष तथा सर्वोच्च अदालतका न्यायाधीश डा .आनन्दमोहन भट्टराईले निमुखा बालबालिकालाई राखिने सुधारगृह बालमैत्री र उचित हेरचाह गर्ने खालको हुनुपर्नेमा जोड दिए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.