www.tandavnews.com
Fact ~ In search of truth

दोहोरी गायक गुरुङले डाक्टरलाई कुटपिट गरेपछि प्रहरी हिरासतमा

पोखरा
ताण्डव न्यूज ।

चर्चित लोकदोहोरी गायक राजन गुरुङलाई कुटपिट गरेको आरोपमा कास्की प्रहरीले पक्राउ गरेको छ ।

गाडीको विषयलाई लिएर गायक गुरुङले एक डाक्टरलाई जिल्ला ट्राफिक कार्यालय कास्की भित्रै कुटपिट गरेपछि उनलाई पक्राउ गरिएको हो । ट्राफिक कार्यालयमा असोज २८ गते घटना घटेको थियो ।

Batas

लोकदोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय सदस्य समेत रहेका गुरुङले प्राइभेट कारको लेनदेनको विषयलाई लिएर विवाद भएपछि डाक्टरलाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी तथा प्रवक्ता राजकुमार केसीले बताए ।

‘गुरुङले डाक्टरलाई हातपात गरेपछि पक्राउ गरेका हौँ,’ डिएसपी केसीले भने, ‘गुरुङ विरुद्ध सार्वजनिक मुद्धा दर्ता भई हिरासतमा राखिएको छ ।’

स्रोतका अनुसार ति डाक्टरले एउटा कार किनेका थिए । सोही कारको लेनदेनको विषयमा कुरा नमिलेपछि जिल्ला ट्राफिक कार्यालयमा मौखिक उजुरीका आधारमा गुरुङ र डाक्टरलाई बोलाइएको थियो । सोही विषयमा छलफल हुने क्रममा विवाद सुरु भएको स्रोतले बतायो ।

‘राजनले एक्कासी डाक्टरलाई एक झापड हाने र चाबी खोस्दा खल्ती समेत च्यातिदिए,’ स्रोतले भन्यो, ‘यसरी ट्राफिककै अगाडी हातपात गर्नु गुरुङको ठूलो गल्ती हो ।’

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.