www.tandavnews.com
Fact ~ In search of truth

आलममाथि अनुसन्धानका लागि म्याद थप्न प्रहरीको माग

रौतहट ।

इँटाभट्टाको भुँङग्रो हाली हत्या गरेको आरोपमा पक्राउ परेका मोहम्मद आफताब आलममाथि अनुसन्धानका लागि समय नपुगेको भन्दै प्रहरीले म्याद थप्न माग गरेको छ ।

१४ जनाको हत्याको आरोपमा पक्राउ परेका आलममाथि अनुसन्धान गर्न प्रहरीले अझै सात दिनको म्याद थप्न रौतहत जिल्ला अदालतसँग माग गरेको छ।यसअघि मंगलबार न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले आलमलाई अनुसन्धानका लागि ७ दिन म्याद दिएको थियो।

आलमलाई प्रहरीले घटना भएको १२ वर्षपछि २६ गते (आइतबार) रौतहटस्थित उनकै निवासबाट पक्राउ गरेको हो।१२ वर्षअघि पहिलो संविधानसभा चुनावका बेला आलमकै घर नजिक भएको बम विष्फोटमा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो।

विष्फोटमा घाइते भएका ११ जनालाई इँटाभट्टाको भुङ्ग्रोमा हालेर हत्या गरेको आरोपमा पक्राउ परेसँगै उनले सांसदको हैसियतमा कुनै पनि अधिकार प्रयोग गर्न पाउने छैनन्।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.