www.tandavnews.com
Fact ~ In search of truth

विप्लवले राप्ती अञ्चलबाट एक करोड बढी चन्दा उठाएको खुलासा

दाङ ।

नेत्र विक्रम नेतृत्वको नेकपाले साविकको राप्ती अञ्चलबाट एक करोड बढी चन्दा उठाएको खुलासा भएको छ ।

सरकारद्धारा प्रतिवन्धित नेकपाले राप्ती अञ्चलका पाँच जिल्लाहरुबाट मात्रै एक करोड बढी चन्दा उठाएको प्रमाण प्रहरीले फेला पारेको हो।असोज ३० गते दाङको राजपुर गाउँपालिका मगराईना गाउँवाट विप्लवका आफ्नै दाजु चन्द्रबहादुर चन्दसहित २१ जना नेता कार्यकर्ता पक्राउ पर्दा बरामद भएको दस्ताबेजबाट उक्त कुरा खुलेको प्रहरीले जनाएको छ।

प्रहरीले एक करोड भन्दा बढी रकम चन्दा संकलन गरेर खर्च गरेको दस्तावेज बरामद भएको जानकारी दिएको छ। विप्लव समुहलाई उद्योगी व्यापारीले मात्र नभई जनप्रतिनिधी वडा अध्यक्ष, मेयर र उपमेयरले पनि चन्दा सहयोग गरेको पाइएको प्रहरीले जनाएको छ।

यो बीचमा विप्लवले को–को बाट कति–कति चन्दा उठाए र अब को–कोसँग चन्दा उठाउने तयारी थियो भन्ने कुराको प्रमाण समेत फेला परेको प्रहरीको भनाइ छ।बरामद भएका कागजी दस्ताबेजको आधारमा जनवर्गिय संगठनहरु विस्तार गर्दै बलियो बनाउने, प्रशिक्षण चलाउने, प्रत्येक घर–घरवाट सदस्य बनाउने, सैन्य संगठन बलियो बनाउन तालिमहरु सञ्चालन गर्ने र चन्दा अभियानलाई थप तीव्र पार्ने जस्ता तथ्यहरु फेला परेको प्रहरीले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.