www.tandavnews.com
Fact ~ In search of truth

पश्चिमी वायुको प्रभावले मौसम बदली

काठमाडौं ।

Lama collectio News Middle

पश्चिमी वायुको प्रभावले मुलुकभरको मौसममा सामान्यदेखि पूर्णबदली आएकाले देशका केही स्थानमा हल्का वर्षाको सम्भावनासमेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज देशभर सामान्य बदली रही मध्य र पूर्वका थोरै स्थानमा र पश्चिमका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ । त्यस्तै आज घाम लाग्ने सम्भावना भने कम रहेको र घाम लागे पनि थोरै समयका लागि मात्र देखिने महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले बताए । घाम नलाग्दा अधिकतम् तापक्रममा गिरावट आई चिसो बढ्नेछ ।

नेपालबाट मनसुन बाहिरिएसँगै पश्चिमी वायुको प्रभाव बढेको र न्यूनतम् तापक्रम घट्ने क्रममा रहेको उनले जानकारी गराए । अरब सागरबाट नेपाल बहने पश्चिमी जलवायुक्त हावाले तत्काल ठूलो वर्षाको सम्भावना भने नरहेको महाशाखाले जनाएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...