www.tandavnews.com
Fact ~ In search of truth

१३ तस्बिरमा ल्वाङको चियाबगान : पर्यटकको सेल्फी मोह

पोखरा/ताण्डव न्यूज ।

 

कास्कीको उत्तरी भेगमा पर्ने माछापुच्छ्रे ८ ल्वाङमा रहेको चियाबगानमा यतिबेला आन्तरिक पर्यटकको चहलपहल बढ्दो देखिन्छ । पोखराबाट २० किलोमिटर दुरीमा रहेको उक्त चियाबगानमा सवारी साधनमा १ घण्टामा पुग्न सकिन्छ । कति पर्यटक चियाबगानकै लागि ल्वाङ पुग्ने गरेका छन भने कति होमस्टेको स्वाद चाख्न त्यहाँ पुग्ने गर्दछन ।

ल्वाङमा प्रायजसो शुक्रबार र शनिबार आन्तरिक पर्यटकको घुईचो लाग्ने गरेको छ । पोखरा, बुटवल, काठमाडौं, धरान, तनहुँ, स्याङ्जा लगायतका स्थानबाट घरबासका लागि ल्वाङ भित्रिने गरेको होमस्टे सञ्चालकहरु बताउँछन । ल्वाङबाट पैदल १५ मिनेट पश्चात चियाबगान पुग्न सकिन्छ । उक्त चियाबगानबाट सुर्याेदय देख्न सकिन्छ भने माछापुच्छ्रे तथा अन्नपूर्ण हिमश्रृङ्लालाई नजिकैबाट नियाल्न सकिन्छ ।

Batas

चियाबगान, आन्तरिक पर्यटकको सेल्फीमोह तथा चियाबगानबाट देखिने दृश्य केही तस्बिरमा हेरौँ :

तस्बिर : सुशान्त गाहा मगर/ताण्डव न्यूज

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.