www.tandavnews.com
Fact ~ In search of truth

लेखनाथ मालपाेतमा घुस सहित दुइ जना पक्राउ !

पोखरा ।
पोखराको लेखनाथ स्थित मालपोत कार्यालयबाट घुस सहित मालपोतका खरिदार र लेखापढि ब्यवसायीलाई अख्तियारले नियन्त्रणमा लिएको छ । एक सेवाग्राहीको जग्गा नामसारी गर्न दुई दिन देखि आनाकानी गरिरहेका खरिदार प्रकाश पौडेल र लेखापढि ब्यवसायी मनोहरी भट्टराईले नामसारी गरिदिने भन्दै १२ हजार रुपैयाँ घुस लिँदैगर्दा नियन्त्रणमा लिइएको हो ।
‘एक सेवाग्राहीको मृतक आमाको नामबाट छोराको नाममा जग्गा नामसारी गर्न २ दिन देखि आनकानी गरिरहेका रहेछन्,’ अख्तियार पोखराका सूचना अधिकारी मेघनाथ रिजालले ताण्डव न्यूजसँग भने, ‘उनीहरूले आज काम बनाइदिने भन्दै १२ हजार लिँदै गर्दा  साँढे चारबजे  तिर अख्तियारको टोलीले घुस सहित रंगेहात पक्राउ ग¥यो ।’
पक्राउ परेका मालपोतका कर्मचारी र लेखापढि ब्यवसायीलाई थप अनुसन्धानको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको कार्यालयमा राखिएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.