www.tandavnews.com
Fact ~ In search of truth

सेभेन ए साइड फुटबल सुरु

पोखरा । 

मेरो नेपाल युवा क्लबले आयोजना गरेको पाँचौ खुला नक आउट सेभेन ए साइड फुटबल प्रतियोगिता आइतबार देखी सुरु भएको छ ।

प्रतियोगिताको उद्दघाटन खेल मेरो नेपाल युवा क्लब सी र शुभकामना क्लब ए विच भएको थियो । उक्त खेलमा ३–० गोलको अन्तर पादै मेरो नेपाल युवा क्लब सी अधिल्लो चरणमा प्रवेश गरेको छ । मेरो नेपाल युवा क्लबको तर्फबाट सम्पन्न अधिकारी, उज्जल सुनार र विशाल नेपाली ले गोल गरेका थिए ।

Batas

उक्त खेलमा विशाल नेपाली म्यान अफ दि म्याच घोसीत भए । आइतबार भएको दोस्रो खेलमा एम १२ क्लब र मेलमिलाप १४ बिच भएको थियो । एम १२ ले २–१ गोलको अन्तर पादै अधिल्लो चरणमा प्रवेश गरेको छ । एम १२ तर्फबाट अभिनास तामाङ र आकाश थपलियाले गोल गरेका हुन । भने खेलमा एम १२का खेलाडीले आत्तघाती गोल हानेपछी मेलमिलापको एक गोल भएको हो । खेलको म्यान अफ दि म्याच मनोज गुरुङ घोषित भए ।

प्रतियोगिता रामेश्वरी विद्यालयको खेलमैदान मझेरीपाटन भएको प्रतियोगितामा ४० टिमले भाग लिएका छन् ।

प्रतियोगिता विजेता र उपविजेताले क्रमश १ लाख ५५ हजार ५ सय ५५ रुपैया र ७५ हजार ५ सय ५५ साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । सेमिफाइनलमा प्रवेश गरेका २ टिमलाई प्रमाणपत्रसहित १०/१० हजार प्रदान गरिनेछ ।

अनुशासित टिमले ७ हजार, सर्वोत्कृष्ट खेलाडीले ७ हजार, उत्कृष्ट गोलकिपरले ५ हजार, उत्कृष्ट डिफेन्डरले ५ हजार, मिड फिल्डरले ५ हजार, सर्वाधिक गोलकर्ताले ५ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगितामा ११ लाख खर्च र २५ लाख रुपैयाँ बचत हुने आयोजकको अनुमान छ । प्रतियोगिताबाट बचत भएको रकमले सामूहीक व्यामशाला निर्माण गर्ने क्लबको योजना छ ।

प्रतिगोगिताको उद्दघाटन गदै केन्द्रिय संसद सुर्यबहादुर केसीले खेलले मानिसलाई सकरात्मक बनाउने बताए । उनले प्रतियोगितालाई राष्ट्रिय स्तरको बनाउन अनुरोध गरे । पोखरा महानगरपालिका १४ का वडाध्ययक्ष प्रेमबहादुर कार्की समाजसेवी रामबहादुर कार्की, मेरो नेपाल युवा क्लबका सल्लाहाकार राजकुमार थापा लगायतले कार्याक्रममा भनाइ राखेका थिए । भने क्लबका अध्यक्ष दिवस कुवरको अध्यक्षतामा कार्याक्रम संचालन भएको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.