www.tandavnews.com
Fact ~ In search of truth

१० लाख युरोको नोट देख्दा प्रहरी दङ्ग , स्याङ्जाका गणेश सहित ५ पक्राउ

पोखरा
ताण्डव न्यूज ।

प्रहरीलाई एउटा सुचना आयो । केही व्यक्तिले १० लाख युरो (१२ करोड ६८ लाख रुपैयाँ नेपाली ) लिएर हिडेका छन् । त्यसपछि ५ नम्बर प्रदेश प्रहरी कार्यालय अन्तर्गतको नेपालगञ्ज ब्यूरोको टोली उनीहरुलाई पक्राउ गर्न खटिए । कात्तिक २ गते दिउसो ४ बजे रुपन्देहीको सैनामैना नगरपालिका–२ सरौलीबाट उनीहरुलाई १० लाख युरो सहित पक्राउ गरियो ।

त्यसपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा राखियो । प्रहरी ठूलै मात्रामा युरो पक्राउ गरियो भनेर खुशी भएका थिए । तर उनीहरुको त्यो खुशी त्यतिबेला अच्चममा परिणत भयो जब उनीहरुले १० लाख युरोको एउटा नोट मात्र फेला पारे । पहिला त १० लाखको नोट देख्दा अचम्ममा परेको प्रहरीले हुन्छ की हुदैन भनेर भेरिफाई गर्न तर्फ लाग्यो ।

Batas

प्रहरीले सो नोटसहित स्याङजा गल्याङ–२ का ३१ वर्षिय गणेश सुनार, सैनामैना २ की ५५ वर्षीया मिना सुनार, २७ वर्षिय रमेश सुनार, गुल्मी धुर्कोटका २४ वर्षिय राजु सुनार र नवलपरासी बर्दघाटका ३० वर्षिय कमल सुनारलाई पक्राउ गरेको हो ।

उनीहरुमाथी अनुसधान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एक प्रहरीले अधिकृतले ताण्डव न्युजसँग बताए । ‘नोट १० लाख युरोको छ, फेरी यत्रो ठूलो नोट हुदैन् जस्तो लाग्छ । हामीले भेरिफाई गर्न पठाएका छौँ,’ उनले भने, ‘यो के प्रायोजनका लागि उनीहरुले लिएर हिडे भन्ने कुरा अनुसन्धान भइरहेको छ ।’

१० लाख युरोको नोट नै नहुने एक प्रहरी अधिकृतले बताए । सामान्यतया त्यस्तो नोटहरु बनाउने गरिन्छ तर मान्य हुँदैन । यदि त्यहि नोटकै आधारमा ५ जना पक्राउ परेका हुन् भने उनिहरुलाई स सम्मान छाडिदिनु पर्छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.