www.tandavnews.com
Fact ~ In search of truth

क्रिकेटर सन्दीप एक करोड ४६ लाखमा ‘द हन्ड्रेड’मा अनुबन्धित

काठमाडौं ।

नेपाली लेग स्पिनर सन्दीप लामिछाने एक करोड ४३ लाखमा ‘द हन्ड्रेड’मा अनुबन्धित भएका छन् ।

इंग्ल्याण्ड तथा वेल्स क्रिकेट बोर्डले अर्को वर्षदेखि सुरु गर्न लागेको ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताको टोली ओभल इन्भन्सिबलले लामिछानेलाई आफ्नो टोलीसँग अनुबन्धित गरेको हो।

आइतबार राति भएको ड्राफ्टमा नेपाली लेगस्पिनर सन्दीपलाई ओभल इन्भिन्सिबलले आफ्नो टिममा आबद्ध गरेको हो। पहिलोपटक हुन लागेको सय बलको क्रिकेट २०२० को समयमा हुँदैछ। प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ।

अनुबन्धपछि सन्दीपले ओभलको टिममा पर्दा गौराम्वित भएको भन्दै नेपाल र नेपालीका लागि अर्को सपना पूरा भएको टिवटरमार्फत प्रतिक्रिया दिएका छन्।

प्रत्येक टोलीले १५ खेलाडीहरु अनुबन्ध गर्ने भएपनि ३ जना विदेशी खेलाडीहरु राख्न पाउने व्यवस्था गरिएको छ। सन्दीपको टोलीमा विदेशी खेलाडीका रुपमा उनीसँगै सुनिल नाराइन र फाबियान एलेन रहेका छन्। टोलीमा मार्की खेलाडी साम करन रहेका छन्।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.