www.tandavnews.com
Fact ~ In search of truth

अष्ट्रेलियाका पत्रिकामा आज ‘ब्ल्याक आउट’

काठमाडौं ।

अष्ट्रेलियाका दैनिक पत्रिकाहरुले आज ब्ल्याक आउट गरेका छन् । आज प्रकाशित सबैजसो ठूला पत्रिकाहरुले आफ्नो पहिलो पेजमा कालो पोतेका हुन् । कालो धर्का पोतिएको पत्रिकाहरुको ‘फ्रन्टपेज’मा ‘सेक्रेट’ अर्थात् ‘गोपनियता’लेखिएको छ ।

सरकारले ल्याएको नयाँ सुरक्षा कानुनको विरोधमा पत्रिकाहरुले यस्तो गरेका हुन्। सरकारको यो कानुनुलाई ‘गोपनियताको संस्कृति’ भन्दै अष्ट्रेलियाका पत्रकारहरुले त्यसको विरोध गरिरहेका छन्। उनीहरुले यो कानुनुमार्फत सरकारले ‘प्रेसमाथि प्रतिवन्ध’ गर्न खोजेको बताएका छन्।

Lama collectio News Middle

सरकारले भनेको छ ‘सरकार प्रेस स्वतन्त्रताकै पक्षमा छ तर, कानुनभन्दा माथि कोही पनि छैन।’

प्रेस स्वतन्त्रततासम्बन्धि जाँचबुझ गरिएको एउटा प्रतिवेदन संसदको आगामी सत्रमा पेश गरिदै छ। आन्दोलनकारी पत्रकारहरुले देशमा जारी भएको कठोर सुरक्षा कानुनका कारण खोजी पत्रकारितालाई निकै खतरा भएको र नागरिकको सूचनाको अधिकार खोसिएको भनेका छन् । बिबिसी

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop