www.tandavnews.com
Fact ~ In search of truth

प्रधानमन्त्री ओली र राष्ट्रसंघ उपमहासचिव कनेमबीच भेट

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसंघका उपमहासचिव डा .नतालिया कनेमलले शिष्टाचार भेटवार्ता गरेका छन् । उपमहासचिव डा .कनेम राष्ट्रसंघीय जनसङ्ख्या कोष (युएनएफपीए)का कार्यकारी निर्देशकसमेत रहेका छन् ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसित उपमहासचिव डा .कनेमले शिष्टाचार भेटवार्ता गरेका हुन् । युएनएफपीए कार्यकारी निर्देशक तथा उपमहासचिव डा. कनेम नेपालको दुईदिने औपचारिक भ्रमणमा आइतबार नेपाल आइपुगेका थिए ।

सन् २०१७ मा यूएनएफपीएको कार्यकारी निर्देशक पदमा नियुक्त भएका डा .कनेम पहिलोपटक नेपाल भ्रमणमा आएका हुन् । उनका साथमा एशिया र प्रशान्तका लागि युएनएफपीएका क्षेत्रीय निर्देशक वियोन एण्डरसन र युएनएफपीएका चिफ अफ स्टाफ पियो स्मिथ पनि रहेका । सो भेटमा यहाँस्थित युएनएफपीएका देशीय निर्देशक लुम्ना बाक्वीको थिए ।

यस वर्ष युएनएफपीएको ५० औँ वार्षिकोत्सव तथा जनसङ्ख्या र विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (आइसिपिडी) को २५औँ वार्षिकोत्सव मनाइँदैछ । सन् १९९४ इजिप्टको कायरोमा सम्पन्न आइसिपिडीको कार्ययोजना कार्यान्वयनमा नेपालले गरेको प्रतिबद्धताअनुसार हालसम्म गरेको उपलब्धिसँग साक्षात्कार हुन डा. कनेमसहितको टोली उच्चस्तरीय भ्रमणमा नेपाल आएको हो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापासित आइतबार युएनएफपीएका कार्यकारी निर्देशक डा नतालिया कनेमले आज भेटवार्ता गरेका थिए ।

नेपालले सन् १९७१ देखि युएनएफपीएसँगको आर्थिक एवम् प्राविधिक सहयोगमा यौन तथा प्रजनन् स्वास्थ्य, परिवार व्यवस्थापन, लैङ्गिक समानता र मानवअधिकार, युवा सहभागिता, बालविवाह अन्त्य, महिला हिंसा अन्त्य, जनसङ्ख्या व्यवस्थापन र विपद्मा मानवीय सहयोगलगायतका क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दै आएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.