www.tandavnews.com
Fact ~ In search of truth

1974 AD लाई स्पोर्टस् क्यासलको स्वागत

पोखरा,

ताण्डव न्यूज ।

स्पोर्टस् क्यासल प्रालि पोखराले छोरेपाटन साँझका लागि पोखरा आएको 1974 AD लाई स्वागत गरेको छ । आईतबार बेलुकी एक कार्यक्रमको आयोजना गर्दै ब्याण्ड मेम्बरलाई स्वागत गरेको हो ।

ब्याण्ड मेम्बर एड्रिन प्रधान, निराकार याकथुम्बा तथा मनोज कुमार केसीलाई क्यासलका सञ्चालक बिजया गुरुङ, चन्द्रमान गुरुङ, ईश्वर गुरुङ तथा अनमोल पालिखेले संयुक्त रुपमा खादा तथा मायाको चिनोले स्वागत गरे ।

उक्त अवसरमा ब्याण्ड मेम्बर तथा डेभिजफल्स क्लबका अध्यक्ष पुष्प बराल, सल्लाहकार कुमार गुरुङ, रबिन गुरुङ, सल्लाहकार मिलन गुरुङ कन्दरा ब्याण्डका गितारिष्ट अमित गुरुङ, जनप्रिय उच्च माबिका स्वबियु सभापति आशिष गुरुङ क्यासलमा रहेको ब्यायामशालाको अवलोकन गरेका थिए भने छोरेपाटन एकेडेमीका जुनियर टिमसँग ब्याण्ड मेम्बरले मैत्रीपुर्ण फुटसल समेत खेलेको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.