www.tandavnews.com
Fact ~ In search of truth

पर्वतमा प्रहरी चौकी बनाउन निःशुल्क जग्गा प्रदान

पर्वत ।

लामो समयदेखि भाडाको घरमा बस्दै आएको प्रहरी चौकीको आफ्नै भवन निर्माणका लागि यहाँका एक स्थानीयले निःशुल्क जग्गा उपलब्ध गराएका छन् ।

फलेवास नगरपालिका–९ भँगरामा प्रहरी चौकीको भवन निर्माण गर्न स्थानीय मानबहादुर क्षेत्रीले तीन रोपनी जग्गा निःशुल्करूपमा उपलब्ध गराएका हुन् ।

साविक भँगरा गाविस वडा नं ४ मा रहेको तीन रोपनी जग्गा प्रहरी चौकीको भवनका लागि निःशुल्करूपमा उपलब्ध गराइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । प्रहरी चौकी निर्माण गर्न सार्वजनिक जग्गासमेत नभएकाले अहिलेसम्म भाडाको घरमा सञ्चालन हुँदै आएको थियो ।

क्षेत्रीले पाँच लाख बराबरको जग्गा उपलब्ध गराएको बताए। उक्त जग्गा सोमबार क्षेत्रीले जिल्ला मालपोत कार्यालयबाट प्रहरी चौकीको नाममा पास गरिदिएका हुन् । उनले जग्गाको लालपुर्जा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक अर्याललाई हस्तान्तरण गरेका थिए। रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.