www.tandavnews.com
Fact ~ In search of truth

चितवनमा तीन महीनामा ३३ को मृत्यु

चितवन ।

चितवन जिल्लामा साउन यता भएका सवारी दुर्घटनामा परी ३३ को मृत्यु भएको छ । सो समयमा ८१ दुर्घटना भएका थिए । दुर्घटनामा परी १८० घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार जिल्लाका भित्री सडकमा दुर्घटना बढी हुने गरेका छन् । कार्यालयका प्रमुख प्रहरी निरीक्षक चन्द्रकुमार गिरीका अनुसार भित्री सडमा तीन महीनामा २४ सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा परी १० को मृत्यु भएको छ भने ३४ घाइते भएका छन् ।

यस्तै पूर्वपश्चिम लोकमार्ग र नारायणगढ–मुग्लिन सडकखण्डमा १८÷१८ पृथ्वी राजमार्गमा ११ र भरतपुर महानगरपालिकामा १० सवारी दुर्घटना भएका कार्यालयको तथ्यांक उल्लेख छ । कार्यालयका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा जिल्लामा ८५ दुर्घटना भएका थिए । ती दुर्घटनामा परी ४९ ले ज्यान गुमाएका थिए भने २३१ घाइते भएका थिए ।

प्रमुख गिरीका अनुसार अहिले भएका सवारी दुर्घटनामा मोटरसाइकल बढी छन् । रातको समयमा मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउँदा बढी संख्यामा दुर्घटना हुने गरेको उनको भनाइ छ ।

दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले जाँचलाई कडाइ गरेको जनाएको छ । जाँचका क्रममा क्षमताभन्दा बढी यात्रु राख्ने, सवारी चालक अनुमतिपत्र नलिइ साधन चलाउने गरेको पाइएको उनको भनाइ छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.