www.tandavnews.com
Fact ~ In search of truth
Muglan REstaurent & bar

तिहार नजिकिएसँगै बागलुङमा झिनियाँको माग बढ्यो

बागलुङ ।

 

 

नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार नजिकिएसँगै झिनियाँको माग बढ्न थालेको छ ।

तिहार रङहरुको पर्व भएका कारण त्यसका लागि सप्तरङ्गी झिनियाँको मागसमेत अत्याधिक हुनेगरेको छ । तिहारलाई आवश्यक झिनियाँका परिकार निर्माण गर्न बागलुङका उद्यमी यतिबेला निकै व्यस्त छन् ।

बागलुङ, पर्वत तथा म्याग्दीलगायत जिल्लाबाट झिनियाँ रोटीको माग हुन थालेकाले बनाउन भ्याइनभ्याई भएको सम्बद्ध उद्यमी बताउँछन् । भाइटीकामा सप्तरङ्गी झिनियाँ कोसेलीको रुपमा दाजुभाइलाई खुवाउने परम्परा रहेकामा अन्य चाडवाडमा पनि यसको माग बढ्न थालेकाले बाह्रैमहीना झिनियाँ रोटी बनाइने भए पनि तिहारको समयमा भने माग पुर्याउन धौँधौँ भएको उनीहरूको भनाइ छ ।

Lama collectio News Middle

दशैंँ र तिहारलाई लक्ष गरेर दुई महीना अगाडि देखि नै झिनियाँ रोटी बनाउन थालिन्थ्यो तर यसपाली वर्षका कारण पहिलै झिनियाँ तयार गर्न मुस्किल भएकाले अहिले उत्पादन गर्न हतार भएको बागलुङ बजारस्थित मरेपिपलकी मीरा श्रेष्ठ बताउँछन् ।

तिहारको बेलामा भने झिनियाँको माग अत्याधिक हुने गर्दछ । ‘दशैँसम्मै वर्षा भएका कारण यसवर्ष लक्ष्य अनुसार झिनियाँ उत्पादन गर्न सकेका छैनौँ’ उद्यमी श्रेष्ठ भन्छन्, ‘यहीँ बेला  चारदेखि पाँच लाखसम्मको झिनियाँका परिकार उत्पादन गर्ने लक्ष्य छ ।’ उद्यमीहरु बिहान तीन बजेदेखि नै उठेर झिनियाँ निर्माणमा व्यस्त हुने गरेका छन् ।

‘अहिले झिनियाँको माग अत्याधिक छ’ अर्का उद्यमी कुसुम बुढा बताउँछन्, ‘तिहारमा यसको महत्व भएकाले माग ह्वात्तै बढेको छ ।’ उनका अनुसार एक हजार पाँचसयको चामलबाट करीब दुई हजार पाँचसयदेखि तीन हजारसम्मको झिनियाँ उत्पादन गर्न सकिन्छ । होलसेलमा प्रतिदर्जन १०० रुपैयाँमा तथा फुटकरमा १५०मा झिनियाँ बिक्री गर्दै आइरहेका उद्यमीहरु यतिबेला यसलाई तयार गरेर सुकाउनमै व्यस्त छन् । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...