www.tandavnews.com
Fact ~ In search of truth

साना व्यबसायीहरुको संरक्षण आवश्यक : कानुनमन्त्री चुमान

पोखरा ।

गण्डकी प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानले साना व्यबसायीको पक्षमा आफु निरन्तर लागि रहेको बताएका छन ।

राष्ट्रिय उद्योग व्यापार महासंघ, गण्डकीले पोखरामा आयोजित चाडपर्ब विषेश चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले प्रदेशले संबृद्धि हासिल गर्न साना व्यबसायीहरुको संरक्षण आवश्यक रहेको बताए ।

Batas

उनले गण्डकी प्रदेश सरकारले संबृद्ध गण्डकी र्निमाणका लागि थालेका प्रयासहरुको सकारात्मक संकेत देखिन थालेको स्मरण गर्दै केही पनि भएन भनेर गरिएको नियोजित हल्लाको पछाडी नलाग्न सबैलाई आग्रह गरे । सबैले केही भएन भनेको सुनेर आफ्नै आँखा अगाडी देखिएका केही परिवर्तनहरु पनि पत्याउन गाह्रो होला जस्तो बनाइएको उनको भनाई थियो ।

कार्यक्रममा नेकपा कास्की जिल्ला ईन्चार्ज राजकाजि गुरुङ्गले उप–निर्वाचनमा होमिन सबैलाई आग्रह गरे । नेकपाका दैनिक देखिदै आएका सुधारका प्रयासहरु बाट केही बाह्य र केही आन्तरीक शक्ति नेकपा कमजोर बनाउन लागि परेको भन्दै संवृृद्धिको बाटोमा अविचलीत रुपमा लागि रहने उनको भनाई थियो ।

सुसासन र दण्डहीनताको अन्त्यका लागि वर्तमान सरकारले आफ्ना नेताबाटै अभियान सुरु गरेको र यसमा जो सुकै पनि पर्न सक्ने भएकाले नअतालिन अन्य दलहरुलाई उनले आग्रह गरे । सुसासन र कानुनी राज स्थापनाका लागि जो भएपनि छुट नहुने भएकाले को पर्यो भनेर हेर्न भन्दा पनि कस्ता अपराधिले कारवाही भोगे भन्ने हिसावले हेर्न उनले सबैलाइै अनुरोध गरे ।

कार्यक्रममा उद्योग व्यापार महासंघका गण्डकी ईन्जार्च राजकुमार सुबेदी, केन्दीय सदस्य दिलिप न्यौपाने उपाध्यक्ष प्रबेश उप्रति लगायतले बोलको थिए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.