www.tandavnews.com
Fact ~ In search of truth

मझेरीपाटनमा सेभेन ए साइड प्रतियोगिता जारी, एम.वाइसी बिरुद्द एल.जीको १० गोल

पोखरा ।

मेरो नेपाल युवा क्लबले आयोजना मझेरीपाटनमा जारी पाँचौ खुला नक आउट सेभेन ए साइड फुटबल प्रतियोगितामा मंगलबार ७ खेल सम्पन्न भएका छन ।

मंगलबार सम्पन्न पहिलो चरणको पहिलो खेलमा एलजी एसोसिएसनले एम.वाइसी –१४ लाई १० –० को फराकिलो गोल अन्तरले पाखा लगायो ।

Batas

एलजीको जितमा अजय श्रेष्ठले डबल ह्याट्रिक, सुलेमान थापा मगरले ह्याट्रिक गरेका भने भिम गुरुङले एक गोल गरेका थिए । खेलको उक्त खेलबाट म्यान अफ दि म्याच अजय श्रेष्ठ घोषित भएको प्रचार प्रसार संयोजक पृथ्वी कुँवरले बताए । उनका अनुसार दोस्रो खेलमा लोकसाईडको अनुपस्थितिमा वाकओभर मार्फत योङ स्टार बिजयी बन्यो ।

तेस्रो खेलमा मनोहर क्लबले नयाँ गाउलाइ १ –० को झिनो गोलले हराउदै अर्को चरणमा प्रवेश गर्याे । मनोहरको जितमा नवीन थापा मगरले निर्णायक गोल गर्दै खेलको म्यान अफ दि म्याच समेत घोषित भए ।

चौथो खेलमा बुद्व शान्तीले गलेश्वर बि लाई २–० गोलले पाखा लगायो । बुद्धको जितमा अर्जुन रानामगर र सुमित श्रेष्ठले समान एक एक गोल गर्दै अर्जुन थापामगर म्यान अफ दि म्याचबाट पुरस्कृत बने ।

त्यस्तै पाचौं खेलमा मिलन टोलले मनोहर ए लाई २–१ गोलले पराजित गर्दै अघिल्लो चरणमा प्रबेश पायो । मिलन टोलको जितमा सुवास बानियाले (आत्मघाती गोल) र मुकेश श्रेष्ठले समान एक एक गोल गरे भने मनोहरका लागि मनिष बानियाँले सान्त्वना गोल फर्काएका थिए ।

खेलको म्यान अफ दि म्याच मिलन टोलका मुकेश श्रेष्ठ घोषित भए ।

त्यस्तै छैटौं खेलमा इन्द्रेणी भेट्रान्सको अनुपस्थितिमा शिव मार्ग वाक ओभर मार्फत बिजयी बन्यो । पायो ।

मंगलबारको अन्तिम खेल मेरो नेपाल ब्ल्याकले कम्बमाइनलाई ७–१ को फराकिलो गोल को अन्तर पराजित गर्याे ।

मेरो नेपालका लािग अनुज भण्डारीले ७ गोल गरे भने कम्बमाइनको तर्फबाट राजु ठकुरीले जवाफी १ गोल गरेका थिए । उक्त खेलबाट म्यान अफ दि म्याचको हकदार अनुज भण्डारी बनेको प्रचार प्रसार संयोजक कुँवरले बताए ।

उनका अनुसार प्रतियोगिता विजेता र उपविजेताले क्रमश १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ र ७५ हजार ५ सय ५५ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने सेमिफाइनलमा प्रवेश गरेका २ टिमलाई प्रमाणपत्रसहित १०/१० हजार प्रदान गरिनेछ ।

त्यस्तै अनुशासित टिमले ७ हजार, सर्वोत्कृष्ट खेलाडीले ७ हजार, उत्कृष्ट गोलकिपरले ५ हजार, उत्कृष्ट डिफेन्डरले ५ हजार, मिड फिल्डरले ५ हजार, सर्वा्िधक गोलकर्ताले ५ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.