www.tandavnews.com
Fact ~ In search of truth

चर्चा बटुल्दै अखेली र लामिछानेको ‘भिर्नी झोलामा’

पोखरा
ताण्डव न्युज

पछिल्लो समय लोक दोहोरी गीतहरु उत्कृष्ट बन्न थालेका छन् । त्यसैले पनि बजारमा आइरहेका गीतहरु दर्शक श्रोताले मन पराउन थालेका छन् । हरेक हप्ता महिनाजस्तो राम्रा गीतहरु बजारमा आइरहेका छन् । यसै क्रममा लोकप्रिय गायक तथा सञ्चारकर्मी कृष्ण अखेली र गायिका सरस्वती लामिछानेको गीत यसै साता बजारमा आएको छ ।

‘भिर्नी झोलामा’ नामक गीतलाई निकै रुचाइएको छ । टिकटक देखि सामाजिक सञ्जालमा गीतको चर्चा हुन थालेको छ । गायक अखेलीको संगीत रहेको उक्त गीतमा शिव अखेलीको उत्कृष्ट शब्द रहेको छ ।

यो गीतको भिडियो उत्तिकै उत्कृष्ट बनेको छ । सुनिल क्षेत्रीको निर्देशन रहेको भिडियोमा सुनिलसँगै रक्षा श्रेष्ठले कम्मर मर्काएकी छन् । गीतलाई दुर्गा पौडेलले खिचेका छन् ।
तिर्सना म्युजिकले गीतलाई बजार व्यवस्थापन गरेको छ ।

यसअघि गायक कृष्ण अखेली र सरस्वती लामिछाने ‘भाडा तिरौला र बतासे पानी’ नामक गीतमा सहकार्य भइसकेको छ । यो गीत छोटो समयमा दर्शकले रुचाउँदा खुशी लागेको अखेली बताउँछन् । ‘मिहेनत गरेर काम गर्यो भने श्रोता दर्शकले मन पराउनुहुँदो रहेछ,’ उनले भने, ‘गीत बजारमा आएको छोटो समयमा राम्रो राम्रो प्रतिक्रिया आइरहेको छ । हौसला बढिरहेको छ ।’

 

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.