www.tandavnews.com
Fact ~ In search of truth

सैन्य भर्नामा अनियमितता, २७ पक्राउ

काठमाडौं ।

सैन्य भर्नामा अनियमितता गरेको आरोपमा २७ जना पक्राउ परेका छन् ।

नेपाली सेनाले गत साउनमा आह्वान गरेको सैन्य भर्नामा चार जना सेना र २३ जना गैरसैनिक व्यक्तिले अनियमितता गरेको भन्दै उनीहरुमाथि कानुनी कारबाही अघि बढाएको जनाइएको छ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाका अनुसार साउन १९ गते प्रकाशित विज्ञापनअनुसार ४० भर्नाकेन्द्रमा उक्त संख्यामा सैन्य पदको भर्ना छनौट हुँदा किर्ते तथा आर्थिक लेनदेनमा संलग्न भएको पाइएपछि २७ जनामाथि कारबाही अघि बढाइएको हो।

सेनाको भर्ना केन्द्र उत्तरपश्चिम पृतना हेडक्वार्टरमा सञ्चालन भएको भर्ना प्रक्रियामा नक्कली परिचयपत्र बनाई किर्ते गरेको आशंकामा तीन जना र श्री नं. ५ बाहिनी अड्डा कैलाली भर्नाकेन्द्रमा आर्थिक लेनदेन गरेको आशंकामा एक जना सैनिकलाई निगरानीमा राखी अनुसन्धान सुरु भएको सेनाले जनाएको छ।

त्यस्तै सोही भर्ना केन्द्रमा नक्कली परीक्षार्थी पठाई परीक्षा दिन लगाउने वास्तविक उम्मेदवार ६ जना तथा नक्कली परीक्षार्थी नौ जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरी अनुसन्धान सुरु गरेको र अन्यको खोजी भइरहेको सेनाको भनाइ छ।

त्यस्तै, सैन्य भर्ना केन्द्र २४ नम्बर बाहिनी अड्डा जुम्ला तथा ५ नम्बर बाहिनी कैलालीमा नक्कली परीक्षार्थी पठाई परीक्षा दिन गएका चार जना पक्राउ परेका छन्। अन्य तीन भर्नाकेन्द्रमा चार जनालाई आर्थिक लेनदेनको आशंकामा पक्राउ गरिएको सेनाले जनाएको छ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.