www.tandavnews.com
Fact ~ In search of truth

कास्की क्षेत्र नम्बर २ मा साझा पार्टीबाट केसी उम्मेदवार

पोखरा,
ताण्डव न्यूज ।

कास्की क्षेत्र नम्बर २ को रिक्त सांसद पदका लागि साझा पार्टीले आफ्नो उम्मेदवारी घोषणा गरेको छ । पार्टीको केन्द्रिय समितिको बैठकले बुधबार रजनी केसीलाई उम्मेद्धवारी चयन गरेको हो ।

बैठकले प्रतिनिधि सभा कास्की क्षेत्र नंम्बर २ को रिक्त सांसद पदका लागि पार्टीको जिल्ला र क्षेत्रीय समिति सिफारिस अनुसार पोखरा महानगरपालिका निवासी साझा पार्टी केन्द्रिय सदस्य केसीलाई पार्टीको उम्मेदवारको रुपमा चयन गरेको हो ।

Batas

आगामी उप–निर्वाचनमा रिक्त पदका लागि पार्टीले विधि विधान अनुसार क्रमिक रुपमा उम्मेदवार चयन गर्ने बताइएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.