www.tandavnews.com
Fact ~ In search of truth

अन्नपूर्ण  बेसक्याम्प घुम्न गएका पोखराका एक युवकको हिउँले पुरिदाँ मृत्यु

पोखरा,
ताण्डव न्यूज ।

अन्नपूर्ण बेसक्याम्प घुम्न गएका एक युवकको हिउँको थुप्रोले पुरिदाँ मृत्यु भएको छ ।

पोखरा ५ र्पस्याङका १८ वर्षीय सञ्जय खनालको हिउँपहिरोबाट थुप्रिएको हिउँको ढिस्कोले पुरिएर मृत्यु भएको खबर प्राप्त भएको हो । २ जना घाईते भएका  छन् ।पोखराबाट ३ जनाको टोली अन्नपूर्ण बेस क्याम्प घुम्न गएको थियो । घाईते भएका र्पस्याङका सन्तोष बास्तोला र फूलबारीका निर्जन कोइरालाको मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको जानकारी प्राप्त भएको छ ।

Batas

घटना सम्बन्धि बुझ्दा कास्कीका डिएसपी राजकुमार केसीले आफूहरुलाई पनि यही सुचना प्राप्त भएको ताण्डव न्यूजलाई जानकारी दिए । उनले भने, ‘ हामीले पनि यहि सुचना भर्खर पायौँ। मनाङबाट हेलिकप्टर आउँदै छ, केहीबेरमा हाम्रो टोली घटनास्थलतर्फ हिड्ने छ। पुगेपछि घटनाबारे थाहा हुनेछ ।’

हिउँदमा झरेको ढिस्को पग्लिएपछि सुरुङ बनेको र त्यही सुरुङमा पसेर फोटो खिच्न लाग्दा ढिस्कोले पुरिएर मृत्यु भएको स्थानीयले बताएका छन्।
घटनाबारे पुरा विवरण प्रहरीले दिन बाँकी छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.