www.tandavnews.com
Fact ~ In search of truth

बागलुङ : नेकपा र जनमोर्चाबीच उपनिर्वाचनमा तालमेल गर्ने सहमति

काठमाडौं।

बागलुङमा प्रदेशसभा क्षेत्र जनमोर्चालाई छाड्न नेकपा तयार भएको छ ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपा र वामघटक राष्ट्रिय जनमोर्चाबीच मंसीर १४ गते हुने उपनिर्वाचनमा तालमेल गर्ने सहमति भएसँगै प्रदेशसभा क्षेत्र छाड्न नेकपा तयार भएको हो।

आज (बुधबार) प्रधानमन्त्री निवास बालुवाटारमा दुई पार्टीका अध्यक्षहरूबीच भएको बैठकले उपनिर्वाचनमा तालमेल गर्ने सहमति गरेका हुन्।बागलुङको प्रदेशसभा क्षेत्रमा जनमोर्चाका उम्मेदवारलाई नेकपाले सघाउने, अन्यत्र नेकपाका उम्मेदवारलाई जनमोर्चाले सघाउने गरी तालमेल गर्ने निर्णय भएको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बताएको जनाइएको छ ।

यसअघि २०७४ सालमा भएको निर्वाचनमा पनि त्यसबेलाको बामगठबन्धनसँग जनमोर्चाले तालमेल गरेको थियो। बागलुङ निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा क्षेत्र ‘ख’ मा विजयी भएका टेकबहादुर घर्तीको निधन भएपछि त्यहाँ उपनिर्वाचन हुँदैछ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.