www.tandavnews.com
Fact ~ In search of truth

प्रधानमन्त्री ओली आज अजरबैजानतर्फ जाँदै

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली आज अजरबैजान प्रस्थान गर्दैछन् । असंलग्न राष्ट्रका प्रमुखहरूको शिखर सम्मेलनमा भाग लिन ओली त्यसतर्फ जान लागेका हुन् ।

प्रधानमन्त्री ओली यही कात्तिक ८ र ९ गते अजरबैजानको बाकुमा आयोजना हुने असंलग्न आन्दोलन (नाम) राष्ट्रहरुका राष्ट्राध्यक्ष र सरकार प्रमुखहरुको शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लागेका हुन ।

प्रधानमन्त्री ओलीले कात्तिक ९ गते सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनले विभिन्न देशका राष्ट्र प्रमुखहरूसँग भेटवार्ता गर्नेछन् ।

प्रधानमन्त्रीसँगै पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई, परराष्ट्रका सचिव शंकरदास बैरागीलगायत पनि भ्रमण टोलीमा रहने छन् । प्रधानमन्त्री ओली कात्तिक १० गते आइतबार स्वदेश फर्कने कार्यक्रम छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.