www.tandavnews.com
Fact ~ In search of truth

उपनिर्वाचनका उम्मेदवारबारे छलफल गर्न कांग्रेस बैठक बस्दै

काठमाडौं ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।

प्रमुख प्रतिपक्षी दल काँग्रेसले मंसिर १४ का लागि तोकिएको उपनिर्वाचनका उम्मेदवारबारे छलफल गर्न बैठक बोलाएको बताइएको छ । बैठक केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने पार्टीले स्रोतले जानकारी दिएको छ ।

बैठकले विभिन्न एजेन्डाहरू पनि तय गर्ने बताइएको छ । कांग्रेसले उम्मेदवार सिफारिसका लागि मातहतका कमिटीलाई यसअघि नै निर्देशन दिइसकेको छ । केही स्थानीय तहका उम्मेदवारको नाम सिफारिस भएर आइसकेको जनाइएको छ । धरान उपमहानगरपालिकाको मेयरमा तिलक राईको मात्र नाम सिफारिस भएको छ ।

तत्कालीन पर्र्यटन मन्त्री रवीन्द्र अधिकारी हेलिकोप्टर दुर्घटनामा परी दिवंगत भएपछि रिक्त कास्की क्षेत्र नं। २ मा सबैभन्दा बढी आकांक्षी देखिएका छन् । आकांक्षीको होड देखिएपछि कांग्रेसका लागि उम्मेदवार छनोट गर्न सकस परेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.