www.tandavnews.com
Fact ~ In search of truth

एउटा ट्रकभित्र ३९ लाश भेटिएपछि संसार तरंगित

एजेन्सी ।

यतिबेला बेलायतमा भएको एक घटनाले विश्व चकित बनाएको छ ।

बुधबार बेलायतको राजधानी लन्डनको पुर्वी भागमा एउटा ट्रकमा ३९ जनाको लाश भेटिएपछि त्यो समाचारले संसारभर तरंग पैदा गरेको हो।सो ट्रक अर्को युरोपीयन राष्ट्र बेल्जियमबाट जहाजमा हालेर वेलायत पुर्याइएको प्रहरीले जनाएको छ। तर ट्रक कहाँबाट बेल्जियम पुगेको थियो भन्ने यकिन हुन सकेको छैन्।

Batas

ट्रक पुर्वी युरोपियन मुलुक बल्गेरियाबाट आएको बेलायती सञ्चार माध्यमले जनाएका छन्। बल्गेरीयाको विदेशमन्त्रालयका प्रवक्ताले सो ट्रक आफ्नो मुलुकमा दर्ता रहेको जनाएका छन्।तर बल्गेरियाबाट ट्रक बेल्जियम पुगेकोमा भने आशंका ब्यक्त गरेका छन्। प्रहरीले ट्रकका चालक २५ वर्षिय आइरिस नागरिक मो रबिन्सनलाई गिरफ्तार गरेकोछ।

बेलायती प्रहरीले त्यो ट्रक कहाँबाट आएको, त्यहाँ भित्रका लास कसरी आए, ती कुन देशका मानिस हुन् र उनीहरुको कसरी मृत्यु भयो भन्ने पत्ता लगाउन लामो अनुसन्धान र धेरै समय चाहिने बताएका छन्।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.