www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा सुजुकि जिक्सर स्टन्ट मानिया सम्पन्न

पोखरा ।

पोखरामा जिक्सर स्टन्ट मानिए सम्पन्न भएको छ ।

सुजुकि मोटरसाईकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता भिजि अटोमोबाईल्स र पोखरा को लागि आधिकारिक बिक्रेता हिमालय अटो वर्ल्डले संचालन गरेको सुजुकि जिक्सर स्ट्रिट स्टन्ट मानिया कार्यक्रम तथा प्रत्यक्ष कन्सर्ट कार्यक्रम हिजो (बुधबार) पोखरा सभा गृहमा सम्पन्न भएको हो ।

सुजुकि को हाल मात्रै नेपाली बजारमा भित्रिएको जिक्सर २५० सिसि को पावर तथा पर्फमेन्सलाई प्रत्यक्ष रुपमा देखाउने अभिप्रायले स्टन्ट संचालन गरिएको आयोजकले बताएको छ ।

कार्यक्रम मा राईडरहरुले देखाएको स्टन्टबाट पोख्रेली युवाहरुले निकै नै मनोरन्जन लिएका थिए। प्रख्यात राईडर डि आर आयु, राम सरदार तथा गौरबले स्टन्ट प्रस्तुति दिएका थिए। नेपालमा बिरलै देख्न पाईने अन्तर्राष्ट्रिय राईडरको सुरक्षित चालकी कलालाई पोखरामा प्रत्यक्ष हेर्ने मौका सुजुकिले पहिलो पटक मिलाएको हो।

स्टन्ट हेर्न पुगेका गोर्खाली रिकन्डिसनका संचालक रंजित रोक्का ले आफुलाई जिक्सर २५० को पावर तथा राईडरको राईडिङ्ग पर्फमेन्स ले निकै लोभ्याएको बताए।

सुजुकिले आफ्नो २५० सिसि मोडेलका बाईकहरुको र्यालि गरि बजार परिक्रमा गराएका थिए। सुजुकि सोरुम नयाँ बजारबाट सुरु भएको र्यालि पृथ्वीचोक छोरेपाटन, लेकसाईड, सृजना चोक, न्युरोड हुँदै सभागृहमा पुगेर सम्पन्न भएको भिजि सुजुकि पश्चिम नेपालका बिक्रि प्रबन्धक धनीराम भुसालले जानकारी दिए।

कन्सर्टतर्फ मेलोडी गायक अलमोडा राना उप्रेती ले आफ्ना प्रस्तुतिले कार्यक्रममा थप हौसला प्रदान गरेका थिए।अलमोडाको गीतमा एक ७७ वर्षीय वृद्धले स्टेजमा गई नाचेर साथ दिदा कार्यक्रमको माहोल थप रोचक बन्न पुगेको थियो । स्टन्टमा विदेशी पर्यटकहरुले समेत राईडिङ्ग तथा सांस्कृतिक कार्यक्रमको मज्जा लिई रहेका देखिन्थे।

सुजुकि मोटर्स ईन्डियाद्वारा उत्पादित जापानिज प्रविधिको जिक्सर बाईकमा २५० सिसिको इन्जिन क्षमता, २६.५ बिएचपि पावर, एफ. आई. प्रविधि, सुजुकि आयल कुल्ड प्रविधि, ६ गियर ट्रान्समिसन, रेडियल टायर, स्पिलिट सिट, फल्ली डिजिटल इन्स्ट्रुमेन्ट जस्ता विशेष प्रविधि सहितका विशेषता रहेको भिजि सुजुकिका बजार प्रमुख समित सिङले जानकारी दिए।

यो एउटा कम्प्याक्ट मोडल रहेको र यसमा नेकेड भर्जन तथा स्पोर्टि फेयरिङ्ग भर्जन गरि ३ मोडल मा उत्पादन गरिएको सिङले जानकारी दिए। साथै सुजुकिले आफ्ना सम्पुर्ण उत्पादनमा ५ बर्ष सम्मको वारेन्टी सुविधा प्रदान गर्दै आएको छ। सुजुकिले स्टन्ट मानिया काठमाडौं पछि पोखरामा सम्पन्न गरेको हो ।

पोखरा क्षेत्रलाई नेपाली बाईक सौखिनहरुको पकड क्षेत्रको रुपमा लिने गरिन्छ त्यसैले पनि सुजुकि ले आफ्नो पावर फुल मोटरसाईकललाई प्रत्यक्ष कलात्मक रुपमा प्रदर्शन गर्न लागेको जानकारी दिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.