www.tandavnews.com
Fact ~ In search of truth

व्यवसायमा १६ औं स्थान माथि उक्लियो नेपाल

काठमाडौं ।

नेपालको व्यवसाय गर्ने वातावरण सुध्रिदै गएको एक तंथ्याङले देखाएको छ।

विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपालमा व्यवसाय गर्ने वातावरण सुध्रिएको हो । प्रतिवेदन अुनसार नेपाल गत वर्ष भन्दा १६ औं स्थान माथि उक्लन सफल भएको छ । डुइङ विजनेश इन्डेक्समा नेपाल ९४ औं स्थानमा पुगेको छ ।

दक्षिण एशियाली मुलुकमा भारत र भूटानपछि नेपाल परेको हो । भारत ६३ औं स्थानमा छ भने भूटान ८९ औं स्थानमा छ ।यसअघि नेपाल १सय १० औं स्थानमा रहेको थियो । इनडेक्समा सबैभन्दा शीर्ष स्थानमा न्यूजिल्याण्ड छ भने सबैभन्दा पुछारमा सोमालिया रहेको विश्व बैंकले जनाएको छ ।

विश्वका १ सय ९० देशको अध्ययन गरेर प्रतिवेदन सार्वजनिक गरेको विश्व बैंकले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.