www.tandavnews.com
Fact ~ In search of truth

३३ तोला सुनसहित भारतका रञ्जन राजवंशी सम्पर्क बिहिन

पोखरा ।

पोखराबाट एक भारतीय कामदार ३३ तोला सुनसहित सम्पर्क बिहिन भएका छन् ।

भारत कलकत्ता घर भई हाल पोखरा महानगरपालिका–९ न्यूरोड स्थित गोरखा एण्ड बराह ज्वेलर्स ईण्डष्ट्रिज प्रा.लि.मा काम गर्ने वर्ष ३६÷३७ वर्षीय रञ्जन राजवंशी सोही सुनपसलको सुन लिई सम्पर्क बिहिन भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पसलको ३३ तोला सुन लिई पोखरा महानगरपालिका–८ सिर्जनाचोकस्थित गहना बनाउने ठाँउमा लिई गए पश्चात हिजो (बुधबार) हाल सम्म सम्पर्कमा नआएको खब आफुहरुलाई प्राप्त भएको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.