www.tandavnews.com
Fact ~ In search of truth

प्रहरीले नै २ करोड बढि रकम ‘ठगे’पछि…

अर्जुन गिरी
पोखरा, ताण्डव न्यूज ।

जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी जवान बिनोद परियारले करिब २ करोड बढि रकम ठगि गरेको अरोप लागेको छ । परियारले आफन्त र विभिन्न व्यक्तिसँग रकम ठगि गरेर फरार भएका छन ।

स्रोतका अनुसार परियारले बाहिरी व्यक्ति र आफ्नै प्रहरी संगठनका साथीहरुको रकम खाएर भागेका हुन् । ‘करिब २ करोड बढि रकममा ५० लाख भन्दा धेरै त प्रहरीकै रकम खाएको छ,’ स्रोतले भन्यो, ‘तर कोही खुलेर बोल्न सकेका छैनन् । एक त व्यवसायी त्यसैमाथी प्रहरी भएकै कारण सबैले पत्याएर रकम दिएका थिए । बिनोद अहिले फरार छन् ।’

Batas

पोखरा–२६ विजयपुरस्थित भेडीफारम एग्रो भिलेज प्रालिका संचालक समेत रहेका बिनोदले विभिन्न व्यक्तिसँग सापटी, व्याजमा र एउटै जग्गा दुई तिन जनालाई देखाएर रकम ठगि गरेको गुनासो छ ।

२ महिना अघिको यो घटना कास्की प्रहरीले बाहिर आउन दिएको थिएन् । प्रहरी संगठनकै कर्मचारीले ठगि गरेको भन्ने कुरा सर्वाजनिक हुदाँ नकारात्मक सन्देश जाने भएकाले कुरा गोप्य राखिएको एक प्रहरी स्रोतले बतायो । अहिले एक पछि अर्को व्यक्तिले आफ्नो रकम खाएको भन्नेर गुनासो गर्न थालेपछि घटना सार्वजनिक भएको हो ।

माटेपानी निवासी मन्त्रीमाया गुरुङको पनि २० लाख रकम बिनोदले ठगि गरेको ताण्डव न्युजसँग बताइन् । ‘मैले एक जना दिदिको मार्फत आर्वाको जग्गा विनोदसँग वैना लगाएको थिए,’ उनले भने, ‘गत वैशाख १२ गते वैना गरेको अहिलेसम्म न रकम पाए न त जग्गा नै ।’ बिनोदले रकम फिर्ता नगरेपछि गुरुङले जिल्ला अदालत कास्कीमा साउन २९ गते ठगि मुद्दा समेत दर्ता गरेको बताईन् । गुरुङका अनुसार आफु जस्तै धेरैलाई बिनोदले ठगेका छन् ।

बिनोदले ठगि गरेको भन्दै २ महिना अघि जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी परेपछि उनलाई निलम्बन गरिएको प्रवक्ता तथा डिएसपी राज कुमार केसीले बताए । ‘अहिले उहाँलाई प्रहरी भन्न मिल्दैन । पूर्व प्रहरी बिनोदले रकम ठगि गरेको भनेर एक जनाले उजुरी दिएका छन्,’ उनले भने, ‘त्यही उजुरीको आधारमा निलम्बन गरेर अनुसन्धान अघि बढाएका हौँ, अहिले उनी फरार छन् ।’

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.