www.tandavnews.com
Fact ~ In search of truth

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक कार्तिक १४ गतेसम्मका लागि स्थगित

काठमाडौं ।

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ ।

उपनिर्वाचनका लागि उम्मेदवार छनोटबारे छलफल गर्न बोलाएको बैठक बस्दै नबसी स्थगित भएको जनाइएको छ ।

पार्टीको विभाग गठनका विषयमा सहमति हुन नसक्दा नेपाली कांग्रेसको बैठक स्थगित भएको हो ।बैठक १४ गतेसम्मका लागि स्थगित गरिएको छ । विधान अनुसार विभाग गठन गर्नुपर्ने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको अडानका कारण बैठक स्थगित भएको बताइएको छ ।

कांग्रेसको विधानमा अहिले २८ विभागको व्यवस्था छ । तर पार्टी सभापति शेरबहादुर देउवाले पुरानै विधान अनुसार ४२ विभागको प्रस्ताव गरेका थिए ।सभापति देउवाले बहुमतका आधारमा पनि निर्णय गर्छु भनेपछि पौडेल समूहका नेताहरु केन्द्रीय समिति बैठकमा जान नमानेको एक नेताले बताए ।

हिजोको बैठकमा निर्वाचनसम्बन्धी छलफल गरेर उमेदवार चयनका लागि जिम्मेवारी तोक्ने कार्यसूची थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.