www.tandavnews.com
Fact ~ In search of truth

आलममाथि ८ दिन म्याद थप,आलम भन्छन्, ‘मेरोे गिरफ्तारी असान्दर्भिक छ’

रौतहट ।

 

प्रहरी हिरासतमा रहेका पूर्वमन्त्री मोहम्मद अफताब आलममाथि अदालतले अनुसन्धानका लागि ८ दिन म्याद थप गरेको छ

राजपुर बमकाण्डका आरोपी रौतहट क्षेत्र नं.२ का सांसद् तथा पूर्व मन्त्री आलम माथि अनुसन्धानका लागि प्रहरीले समय मागेपछि यसअघि असोज २८ मा अदालतले एक साता म्याद थप गरेको थियो । थपिएको म्यादमा पनि अनुसन्धान नसकिएको भन्दै प्रहरीले समय मागेपछि जिल्ला अदालत, रौतहटले म्याद थप गरेको हो ।

Batas

वम विस्फोट र घाइतेहरुलाई जिउँदै इँटा भट्टामा जलाएको आरोपमा पक्राउ परेका सांसद आलमले आफूलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको बताएको जनाइएको छ ।आलमले आफूमाथि झुटो मुद्दा लगाइएको भन्दै आफ्नो गिरफ्तारी असान्दर्भिक भएको दाबी गरेका छन् ।

१२ वर्षअघि ०६४ चैत २७ गते राजपुरमा बम विस्फोट गराएको अभियोगमा आलमलाई गत २६ असोजमा प्रहरीले पक्राउ गरेको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.