www.tandavnews.com
Fact ~ In search of truth

डा.केसीको १७ औँ अनशन कार्तिक १८ गतेबाट

काठमाडौं ।

मेडिकल शिक्षाको सुधारको माग राख्दैँ डाक्टर गोविन्द केसी पुन :अनशन बस्ने भएका छन् । डा. केसीले त्रिभुवन विश्वविद्यालयबाट अवकाश लिँदै गर्दा आफ्ना पुराना माग कात्तिक ८ सम्म पूरा नभए कात्तिक १३ बाट अनशन बस्ने घोषणा गरेका थिए। तर, उनले आफ्नो अल्टिमेटम मिति आउन ५ दिन बाँकी छँदा आफ्नो निर्धारित अनशन कार्यक्रममा केही संशोधन गरेका छन् ।

केसीले आज प्रेस विज्ञप्ति प्रकाशित गर्दै आगामी कात्तिक १८ गतेबाट अनशन शुरु गर्ने घोषणा गरेका हुन् ।डा .केसीले वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले लिएको बढी शुल्क फिर्ता माग्ने विद्यार्थीमाथि बिहीबार भएको कुटपिटको विरोध गरेका छन् । बढी शुल्क लिने मेडिकल कलेजलाई कारवाही गर्न पनि उनले माग गरेका छन् ।

सरकारले दिएको अल्टिमेटममा विद्यार्थीलाई अवैध रुपमा असुलिएको शुल्क फिर्ता नगर्ने सबै मेडिकल कलेजका सञ्चालकहरुलाई तत्काल फौजदारी कसुरअन्तर्गत पक्राउ र कारवाही गर्नुपर्ने उनको माग छ ।

उनले सरकारले नै मेडिकल कलेजसँग मिलेमतो र साँठगाँठ गरेको आरोप समेत लगाएका छन । यसअघि केसीले छ बुँदे माग अघि सार्दै सरकारले २०७५ साउन १० मा गरेको सम्झौताअनुसार ऐन संसोधन नभएको भन्दै अनसन बस्ने चेतावनी दिएका थिए ।

डा .केसीले मेडिकल कलेजको शुल्क र सिट बढाउने निर्णय खारेज गर्नपनि केसीले माग गर्दै आएका छन । यसअघि उनी चिकित्सा शिक्षा सुधारको माग राखेर १६ औं पटक अनशन बसेका थिए ।सरकारले माग पूरा नगरी पुनः केसीलाई अनशन बस्न बाध्य पारेमा त्यो उनको १७ संस्करण हुनेछ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.