www.tandavnews.com
Fact ~ In search of truth

सप्तरीमा ढिस्कोमा पुरिएर १३ वर्षीया बालिकाको मृत्यु

सप्तरी ।

सप्तरीको कंचनरुप नगरपालिका–११ गोरपारमा ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ ।

घर लिपतोत गर्न आज बिहान माटो लिन गएकी १३ वर्षीया पुष्पाकुमारी सरदारको ढिस्कोमा पुरिएर घटनास्थलमै मृत्यु भएको हो ।पुष्पासँगै माटो लिन पुगेकी अर्की १५ वर्षीया मनपृत सरदार भने ढिस्कोमा परेर गम्भिर घाइते भएकी छन् ।उनको विराटनगरस्थित नोबेल मेडिकल अस्पताल उपचार भइरहेको प्रहरीले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.