www.tandavnews.com
Fact ~ In search of truth

विप्लव स्याङ्जाका तीन कार्यकर्ता तनहुँबाट पक्राउ

काठमाडौं।

नेत्रविक्रम चन्द समूहका तीन कार्यकर्ता तनहुँबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँले चन्द समूहको पार्टीका स्याङ्जा जिल्ला सेक्रेटरी गोकुल पराजुली, जिल्ला सदस्यद्वय सागर अर्याल र जीवन क्षेत्रीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रशासन कार्यालय तनहुँको आदेशमा धरौटी बुझाएर रिहा भएलगत्तै उनीहरुलाई प्रहरीले प्रशासन कार्यालयको परिसरबाट बिहीबार पक्राउ गरेको हो। प्रशासन कार्यालयले उनीहरुलाई जनही एक हजार धरौटी बुझाएर तारेखमा रिहा गर्ने आदेश दिएको थियो।

उनीहरुको विरुद्धमा जिल्ला प्रहरी कार्यालय लमजुङमा अर्को मुद्दा भएका कारण प्रहरी कार्यालय लमजुङको पत्राचारअनुसार पुनः पक्राउ गरी लमजुङ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए।

अभद्र व्यवहारको मुद्दामा उनीहरु गत असोज १५ गतेदेखि जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका थिए। यसअघि उनीहरुलाई असोज १५ गते जिल्ला प्रशासन कार्यालय कास्कीको आदेशमा रिहा भएलगत्तै पुनः पक्राउ गरी तनहुँ ल्याइएको थियो । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.