www.tandavnews.com
Fact ~ In search of truth

उपनिर्वाचनका लागि आजबाट निर्वाचन आचारसंहिता लागू

काठमाडौं ।

उप निर्वाचनका लागि आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि आज( शुक्रबार) बाट निर्वाचन आचारसंहिता लागू गरेको हो।

निर्वाचन आयोगले सो उपनिर्वाचनका लागि संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह, राजनीतिक दल, सम्बन्धित उम्मेदवार र आमसंचार लगायतका क्षेत्रलाई पालना गर्नका लागि निर्वाचन आचारसंहिता लागू गरेको हो।

आयोगको अनुसार आचारसंहिताको पूर्ण पालना गर्न पनि सरोकारवाला सबै निकायलाई आह्वान गरिएको छ । निर्वाचन आयोगले सो आचारसंहिता पालना नभए निर्वाचन ऐन अनुसार कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

निर्वाचन आयोगले उपनिर्वाचनका मतदाता नामावली अन्तिम रुप दिई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय पठाई सकिएको पनि जनाएको छ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरुले आगामी कार्तिक २१ गते उम्मेदवारी मनोनयन दर्ता गर्नुपर्नेछ भने कार्तिक २७ गते स्थानीय तहका उम्मेदवारहरुले आफ्नो उम्मेदवारी मनोनयन दर्ता गर्नेछन।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.