www.tandavnews.com
Fact ~ In search of truth

प्रधानमन्त्री ओली आज स्वदेश फर्कदैँ

काठमाडौं ।

अजरबैजान भ्रमणमा गएका प्रधानमन्त्री ओली आज स्वदेश फर्कदैँ छन् । असंलग्न आन्दोलन(नाम) सम्मेलनमा भाग लिन गएका ओली सम्मेलनको समापनपछि आज स्वदेश फर्कने भएका हुन् ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओली र भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोबीच भेटवार्ता भएको छ । ओली र मदुरोबीच भ्रमणकै क्रममा शुक्रबार राति साइडलाइन वार्ता भएको हो ।

मदुरो असंलग्न आन्दोलन (नाम) का निवर्तमान अध्यक्षसमेत हुन्। असंलग्न आन्दोलन (नाम) राष्ट्रहरूका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरूको १८औँ शिखर सम्मेलनमा सहभागी हुन् ओली बिहीबार अजरबैजान गएका थिए।

भेटमा दुई नेताले द्विपक्षीय सम्बन्धबारे छलफल भएको जनाइएको छ । नाम सम्मेलनका क्रममा प्रधानमन्त्री ओलीले विभिन्न देशका राष्ट्र एवं सरकार प्रमुखसँग पनि भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा।राजन भट्टराई, परराष्ट्र सचिव शङ्करदास वैरागी, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृत राई र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी सहभागी छन्।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.