www.tandavnews.com
Fact ~ In search of truth

काठमाडौंमा क्यासिनो राजा बलेसहित हाई प्रोफाइलका २५ जुवाडे पक्राउ

काठमाडौं ।

काठमाडौँको महाराजगञ्जबाट प्रहरीले क्यासिनोका राजा भनेर चिनिने बले भनिने बलराम सापकोटासहित हाई प्रोफाइलका २५ जना जुवाडेलाई पक्राउ गरेको जनाइएको छ।

गएराति महाराजगञ्जको साम्बाला होटेल पछाडि सञ्चालित जुवाको खालमा छापामारी उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए।

जुवाको खालबाट प्रहरीले दुई करोड ६७ लाख रुपैयाँ नगदसमेत बरामद गरेको छ।पक्राउ पर्नेमा क्यासिनो किङका रुपमा चिनिएका बलराम सापकोटा र उनका सहयोगी सोभित सिलवालसहित काठमाडौंका नाम चलेका ब्यापारी र ठेकेदार रहेको प्रहरीले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.