www.tandavnews.com
Fact ~ In search of truth

अधिनायकवाद विरुद्ध लड्न सभापति देउवाको निर्देशन

काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट सरकारको अधिनायकवादविरुद्ध लड्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

नेपाल तरुण दलको स्थापना दिवसको अवसरमा पार्टी मुख्यालय सानेपा गरिएको कार्यक्रममा देउवाले दुई तिहाइको कम्युनिष्ट सरकार अधिनायकवादतर्फ उन्मुख भएको भन्दै त्यसबिरुद्ध लड्न कार्यकर्तालाई निर्देशन दिए ।

कम्युनिष्टको सरकारबाट सबै आजित भएको भन्दै अब हुने उप–निर्वाचनमा कांग्रेसले जित्ने दावी पनि देउवाको थियो । नेपाली कांग्रेसभित्र गुटउपगुट सकिएको सुनाउँदै उनले सबै तरुणलाई उपनिर्वाचनको प्रचारप्रसारमा होमिन निर्देशन दिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.