www.tandavnews.com
Fact ~ In search of truth

सिरियामा ९ आइएस लडाकु मरिए,बग्दादी मारिएको आशंका

दमास्कस।

सिरियाको एउटा गाउँमा हेलिकोप्टरबाट गोली प्रहार गर्दा कम्तीमा ९ जनाको मृत्यु भएको छ ।

आइतबार बिहानै भएको आक्रमणमा परी मृत्यु भएका सबैजना इस्लामिक स्टेट (आइएस)सँग आबद्ध लडाकू रहेको अधिकारीहरुले जनाएका छन् ।

सिरियाको उत्तर–पश्चिमी इड्लीब प्रान्तमा घटना भएको स्थानीय सन्चारमाध्यमहरुले समाचार सम्प्रेषण गरेका छन् ।आइएस लडाकूहरुको समूह लुकेर बसेको भन्ने सूचनाका आधारमा सो गाउँमा अमेरिकी वायुसेनाले आक्रमण गरेको सरकारी अधिकारीहरुको भनाइ छ ।

आइएस लडाकू रहेको घर र कारलाई लक्षित गरेर इड्लीब प्रान्तको बरिशा भन्ने गाउँमा आक्रमण भएको थियो ।सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले आक्रमणमा परी आइएस लडाकूका नेता अबु बाकर अल बग्दादीको पनि मृत्यु भएको विश्वास गरिएको जनाएको छ ।

अब्जरभेटरीका प्रमुख रमी अब्देल रहमानले अमेरिकी नेतृत्वको सैन्य गठबन्धनले गरेको आक्रमणमा परी अतिवादीहरुको समूहका केही नेता र सदस्यहरुको मृत्यु भएको जानकारी दिए ।‘बग्दादी मारिएका हुन् वा होइनन् भन्नेबारेमा पुष्टि गर्नसक्ने अवस्थामा छैनौं । तर, उनी त्यही क्षेत्रमा लुकेर बसेको आशंका थियो’–उनले भने । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.