www.tandavnews.com
Fact ~ In search of truth

भारतमा तीन नेपाली मजदुरको हत्या

काठमाडौं ।

भारतको पिथौरागढमा तीन नेपाली मजदुरको हत्या भएको छ।

कात्तिक ८ गते नै उनीहरूको हत्या भए पनि आइतबार मात्रै जानकारी भएको हो।बैतडीको पुरचौंडी नगरपालिका(५ दहतालीका ३६ वर्षीय हरे बोहरा र सोही स्थानका २७ वर्षीय बीरा बोहरा तथा पुर्चौंडी नगरपालिका(४ भटना तडीखेतका ३६ वर्षीय काशी बोहराको हत्या भएको जिल्ला समन्वय समितिका उपप्रमुख धनबहादुर बोहराले जानकारी दिए। हरे र बीरा सहदोर भाइ हुन्।

बोहराले भने, ‘उनीहरुलाई धारिलो हतियारले काटेर हत्या गरिएको खबर प्राप्त भएको छ।’उनीहरू भारतको पिथौरगढको सिलौल मड भन्ने ठाउँमा डेढ वर्षदेखि मजदुरी गरिरहेका थिए। हरे बोहराकी श्रीमती किर्रा फरार रहेकीले यो घटनामा उनको संलग्नता हुनसक्ने आशंका गरिएको उपप्रमुख बोहराले बताए। शवलाई पिथौरागढ जिल्ला अस्पतालमा राखिएको छ।

बीरा केही महिनाअघि मात्रै दाजुभाउजू भेट्न पिथौरागढ गएकामा उनी पनि उतै मजदुरी गर्न थालेकी थिइन्।हत्या कसले गरेको हो भन्नेबारे खुल्न सकेको छैन। रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.