www.tandavnews.com
Fact ~ In search of truth

नेवार समुदायको भाइटिका आज

काठमाडौं ।

Lama collectio News Middle

नेवार समुदायले आज किजा पूजा अर्थात् भाइटीका लगाउँदैछन् ।

हिजो म्हः पूजा अर्थात् आत्मपूजा गरेका नेवार समुदायले आज किजा पूजा अर्थात् भाइटीका लगाउन लागेका हुन् ।पञ्चांग निर्णायक समितिले लक्ष्मीपूजादेखि भाइटीकाको दिनसम्म अर्थात १०, ११ र १२ गतेमात्र सार्वजनिक विदा दिन सरकारलाई सिफारिस गरेको थियो ।

तर, नेवार समुदायले भाइटीका १३ गते मनाउने भन्दै विदा दिन प्रधानमन्त्रीसँग आग्रह गरेपछि सरकारले आज पनि सार्वजनिक विदा दिएको हो हिजो नेपाल सम्वतको नयाँ वर्ष भएकाले आज किजा पूजा मनाउन लागिएको बताइएको छ ।

नेपाल पञ्चांग निर्णायक समितिले भाइटीकाकै दिन म्हः पूजा गर्ने निर्णय गरेको थियो । त्यही निर्णय अनुसार कतिपयले हिजो नै म्हः पूजा गरे ।कतिपयले भने भाइटीकाको अघिल्लो दिन म्हः पूजा गर्ने चलन रहेको भन्दै सोमबारै म्हः पूजा गरेका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop