www.tandavnews.com
Fact ~ In search of truth

विदेशीले लाए भाईटिका

सुशान्त गाहा मगर,
पोखरा /ताण्डव न्यूज ।

नेपाल घुम्न आएका बाह्य पर्यटकहरुले पोखरामा धुमधामका साथ हिन्दु नेपालीहरुको पर्व तिहार मनाएका छन ।

लेकसाईड स्थित बटरफ्लाई चाईल्ड सेन्टरमा मंगलबार विभिन्न मुलुकका ३० बढि पर्यटकले भाईटिका ग्रहण गरेर तिहार मनाएका हुन ।पश्चिमाञ्चल होटल सघँले आयोजना गरेको १३ औं भाईटिका फेष्टमा रेन्बो चिल्ड्रेन होम्सका छात्राहरुले सप्तरङ्गी टिका लगाईदिएको सघँका अध्यक्ष बिकल तुलाचनले बताए ।

Batas

उनले उक्त फेष्टमा बेलायत, फ्रान्स, जर्मनी, लगायतका मुलुकका पर्यटक भाईटिका ग्रहण गरेको बताए । ‘हाम्रो मौलिक पर्वको प्रर्वद्धन गर्ने उद्देश्यले विगत देखी नै फेष्टको आयोजना गर्दै आएका छौ, उनले भने, ‘यसले नेपाल सरकारको भिजिट २०२० को लक्ष्य प्राप्तिमा थप सघाउ पुर्याउनेछ ।’

तुलाचनले बिगतमा भन्दा यस वर्ष कम पर्यटकले भाईटिका लगाएको बताउदै मौलिक पर्वको प्रबद्र्धन गर्न सबै लाग्नुपर्ने धारणा राखे ।त्यस्तै भाईटिका ग्रहण पश्चात बाह्य पर्यटक सुसीले निकै खुशी लागेको बताईन । आफु ४० वर्षको उमेरमा पोखरा पहिलो पटक आएको बताउदै पछिल्लो समय परिवर्तन भएको उल्लेख गरिन् । ‘पहिला म आउदा यस्तो थिएन, उनले भनिन, अहिले पुरै वातावरण परिवर्तन भएछ । ’

त्यस्तै जर्मबाट आएका नोल्भीले पहिले पनि टिका ग्रहण गरेको स्मरण गर्दै दोस्रो पटकको भाईटिका फेष्टमा सामेल हुन पाउँदा रमाईलो लागेको बताए । नेपाल कल्चर र नेचरले धनि रहेको बताउदै उनले भने, ‘यस्तै कुराले त हामीलाई नेपाल आउँआउँ लाग्छ । ’

विभिन्न जातिले मनाउने पर्वको महत्व फरक हुने भएकाले पर्यटकहरुको मन लोभ्याउने बताउदै बारबार नेपाल आउन मन लाग्ने गरेको उनले बताएका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.