www.tandavnews.com
Fact ~ In search of truth

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या

काठमाडौं।

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ ।

स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओलीलाई आज(बुधबार) बिहान ९ बजे धापासीस्थित ग्रान्डी अस्पताल लगिएको बालुवाटार स्रोतले जनाएको छ ।नियमित स्वास्थ्य जाँचका क्रममा प्रधानमन्त्री ओलीलाई ग्रान्डी लगिएको स्रोतले जनाएको छ । स्वास्थ्य परीक्षणपछि उनी आजै प्रधानमन्त्री निवास फर्किने बताइएको छ

१३ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको बेलाबेला स्वास्थ्य जाँच गर्ने गरिएको छ।बालुवाटार स्रोतका अनुसार अहिलेको शारीरिक गडबडी भने सामान्य हो।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.