www.tandavnews.com
Fact ~ In search of truth

क्रिकेट टीमको कप्तानी पाए ज्ञानेन्द्र मल्लले, उपकप्तान बने दिपेन्द्र सिंह ऐरी

काठमाडौं ।

पारस खड्काको राजिनामा पछि नेपाली राष्ट्रिय क्रिकेट टीमको कप्तानी ज्ञानेन्द्र मल्लले सम्हाल्ने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान( ले पारस खड्काको राजीनामा स्वीकृत गर्दै मल्ललाई नेतृत्व दिएको हो । मल्ल उपकप्तान रहँदै आएका थिए ।यस्तै अलराउण्डर दिपेन्द्र सिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिइएको छ ।

Batas

क्रिकेट संघको नयाँ नेतृत्व आएपछि खड्काले कप्तान पदबाट राजीनामा घोषणा गरेका थिए ।खड्काले गत आइतबार इमेलमार्फत क्रिकेट संघमा राजीनामा बुझाएका थिए ।पारस एक दशकसम्म राष्ट्रिय टिमको कप्तान रहेका थिए भने खड्काको कप्तानीमा ज्ञानेन्द्र उपकप्तान रहेका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.