www.tandavnews.com
Fact ~ In search of truth

तराईमा आजबाट छठ पर्वको रौनक सुरु

जनकपुर ।

दशैँ र तिहारको सकिएसँगै छठ पर्वको रौनक सुरु भएको छ । विशेषगरि तराई तथा मिथिला क्षेत्रमा सुर्यको उपसना गरि निकै महत्व र निष्ठापूर्वक मनाइने छठ पर्व आजबाट सुरु भएको हो।

कार्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म मनाइने यस पर्वको रौनकता र उमंगले तराईवासी उत्साहित बनेका छन् ।तिहारको समाप्तिसँगै आज (विहीबार)देखि सुरु भएको छठ पर्वको चहलपहलले तराईवासीमा ठूलो उमंग भित्रिएको छ ।

Batas

सत्य र अहिंसाको बाटोमा डोर्‍याउँदै सम्पूर्ण चराचर जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यो पर्वको मुख्य उद्देश्य मानिन्छ ।पारिवारिक सुख, शान्ति, तथा मनोकांक्षा पूरा होस् भन्ने कामनाका साथ मनाइने छठलाई निकै श्रद्धा र विश्वासका साथ मनाउने गरेका छन् ।

महाभारतअनुसार द्रौपतिसहित पाण्डवहरुले गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरेको कथासँग यसको ऐतिहासिक सम्बन्ध जोडिएको छ ।कार्तिक महिना शुक्लपक्ष चौठ तिथिबाट प्रारम्भ भई सप्तमीको दिन समापन गरिन्छ । सोहीअनुसार यो वर्ष बिहीबारदेखि सुरु भएको हो ।

पसलहरुमा पनि छठका लागि आवश्यक सरसामान किन्नेहरुको चहल पहल तथा भिडभाड देखिन थालेको छ ।मुख्य मानिने तेस्रो अर्थात् षष्ठीको दिन निराहार र निर्जल ब्रत बसेका ब्रतालुहरु साँझपख जलाशय वा नदीको किनारमा छठी माताको पूजाआजा गरी पश्चिमतर्फ फर्केर अस्ताउँदो सूर्यलाई अर्घयदान गर्छन् र सप्तमीका दिन उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि यसको विधि पूरा भएको मानिन्छ ।

सोही अवसरमा जनकपुरका गंगा सागर, अरगजा सागर धनुषा सागर, रुकमिणी सागर, दशरथ तलाउ सहितका दर्जनौं पोखरीहरुलाई सजाइएको छ ।त्यसका अतिरिक्त तराई विभिन्न ठाउँका नदी, तलाउ तथा जलाशय सरसफाइ गरी सिंगारिएको देखिन्छ ।छठ पर्व मनाउनुको पछाडी धार्मिक मान्यतासँगै शास्त्रीय र वैज्ञानिक आधार पनि उत्तिकै भेटिन्छ ।

महिला प्रधान पर्वमा उनीहरूको पूजा सामग्री भरिएको छैँटा पुरुषहरुले गर्वसाँथ टाउकोमा बोकेर छठघाटमा पुर्याउने चलन रहेको यसलाई समानताको प्रतीकका रुपमा पनि लिन सकिन्छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.