www.tandavnews.com
Fact ~ In search of truth

कपिलवस्तुमा प्रहरीको गोली लागी एकको मृत्यु

मूर्ती विर्सजनमा विवाद हुदाँ स्थिति तनावग्रस्त

कपिलवस्तु ।

कपिलवस्तुको सीमा नाका कृष्णनगरमा प्रहरीको गोली लागी एक व्यक्तिको ज्यान गएको छ ।

मृत्यु हुनेमा स्थानीय सुरज पाण्डे छन् । लक्ष्मी पूजाको मूर्ती विर्सजन गर्ने क्रममा दुई पक्षबीच विवाद हुँदा हिजो बेलुकादेखि कृष्णनगर तनावग्रस्त बनेको थियो ।तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालयले कर्फयू आदेश जारी गरेको छ । बिहान ११ बजेदेखि अर्को आदेश नहुनजेलसम्मको लागि प्रशासनले कर्फयू आदेश जारी गरेको हो ।

प्रदर्शनका क्रममा केही घाइते समेत भएका छन् । प्रदर्शन चर्किएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन आज ३५ राउण्डभन्दा बढी हवाई फायर र लाठीचार्ज गरेको छ ।प्रदर्शनकारीले आज कृष्णनगर बसपार्कमा रहेको पुलिस बिट समेत जलाइदिएका छन् । अहिले कृष्णनगरमा बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

लक्ष्मीको मूर्ति विर्सजन गर्न बनाइएको बाटो छाडेर अर्को बाटो प्रयोग गरेको निहुँमा विवाद बढेको प्रहरीले जनाएको छ ।कर्फयू आदेश जारी भएपनि प्रदर्शनकारीले समुह बनाई प्रदर्शन गरिरहेका छन् । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.